नेपाल विद्युत् प्राधिकरणले गरेको स्थलगत अध्ययनको क्रममा ललितपुरका करिब एक दर्जन बढी स्थानमा विद्युत् चोरी हुने गरेको पाइएको हो । ललितपुरको गोदावरीतर्फ विद्युत् आपूर्ति हुने फिडरमा अत्यधिक मात्रामा विद्युत् चोरी हुने गरेको तथ्य फेला परेको हो । प्राधिकरण केन्द्रीय कार्यालयका अनुसार हरिसिद्धी, गुहीटोल, ठैव, बाँडेगाउ, लुभू जाने फिडरअन्तर्गत सानागाउँ, सिद्धिपुर, लुभूबजार र लाकुरीभञ्ज्याङमा अत्यधिक…