
मूख्य योजनाकार शंकर भनिने नलबहादुर गुरुङसहित अरु तीन जनालाई कास्की प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा स्याङजा टक्सारका शंकरसहित स्याङजा फेदीखोला घर भई पोखराको जरेबर बस्दै आएका अमृत खड्का, पर्वत कुश्मा घर भई पोखरा ६ जरेबरमै बस्ने रामु सुवेदी र स्याङजा फेदीखोलाका शिव कार्की छन् ।
उनीहरुले कास्की क्षेत्र नम्बर २ (ख) का सांसद विन्दुकुमार थापा, ब्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केबुलकारका संचालक राजेशबाबु श्रेष्ठलाई मोटो रकम माग गर्दै धम्काएको प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए ।
उनीहरुलाई अपहरण तथा शरीर बन्धक उद्योग मुद्दामा बुधबार नै जिल्ला अदालतबाट ५ दिनका लागि म्याद थप गरी अनुसन्धान थालिएको छ ।
२ करोड रुपैयाँ माग गर्दै उनीहरुले विभिन्न फोन नम्बरबाट धम्क्याएका थिए ।
प्रतिक्रिया दिनुहोस्