काठमाडौंबाट १२ जना विदेशी ‘नक्कली’ डाक्टर समातिए • Image Khabar Image Khabar


काठमाडौंबाट १२ जना विदेशी ‘नक्कली’ डाक्टर समातिए


Imagekhabar
१५ माघ २०७४, सोमबार १९:२३

काठमाडौंबाट १२ जना विदेशी ‘नक्कली’ डाक्टर समातिए

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चसँग मिलेर उनीहरुलाई पक्राउ गरेको हो ।

ठमेलस्थित एपोलो अस्पताल, बौद्धस्थित चाइना ग्रेटवाल अस्पताललगायतका पाँचओटा निजी अस्पतालमा छापा मारी उनीहरुलाई पक्राउ गरिएको सीआइबीले जनाएको छ ।

मेडिकल काउन्सिलको स्वीकृति नलिइ काम गर्ने/गराउने गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्