‘बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र हुँदैन’ (भिडियो) • Image Khabar Image Khabar


‘बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र हुँदैन’ (भिडियो)


Imagekhabar
१८ माघ २०७४, बिहीबार १८:४८

‘बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र हुँदैन’ (भिडियो)

बलात्कारजस्तो जघन्य अपराध गुपचुप राखेर मिलापत्र गराएको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी तीलक भारती र इन्सपेक्टर लक्ष्मणसिंह ठकुरीलाई तत्कालका लागि जिम्मेवारीबाट हटाइ अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीआइजी मनोज न्यौपानेले जानकारी दिए ।

प्रहरी प्रवक्ता न्यौपानेले यस घटनाबारे सत्यतथ्य पत्ता लगाउनका लागि छानबिन भइरहेको पनि जानकारी दिए ।

उनले बलात्कार प्रकरणमा प्रहरीकै संलग्नतामा मिलापत्र भएको कुरा बाहिर आएकाले यसबारे पनि प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी परिसरको संयोजकत्वमा छानबिन टोली गठन गरी छानबिन भइरहेको बताए ।

असुरक्षा र आधुनिकताको कारण नै बलात्कारजस्ता जघन्य अपराध बढ्दै गइरहेको प्रवक्ता न्यौपानेको भनाइ छ ।

उनले बलात्कारजस्तो जघन्य अपराधमा कुनैपनि हालतमा मिलापत्र नहुने बताउँदै दोषी र दोषीलाई सहयोग गर्ने प्रहरीहरुलाई पनि कानुनको दायरामा ल्याइने बताए ।

उनले राजधानीको दरबारमार्गमा भएको सामूहिक बलात्कारकान्डमा प्रहरीका कर्मचारीहरु दोषी ठहर भए कडा कारबाही हुने बताए । उनले बलात्कारमा संलग्न व्यक्तिहरुलाई पनि प्रचलित कानुनबमोजिम कारबाही हुने बताए ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्