निजगढ, कात्तिक २ । बाराको सिम्रौनगढ नाकाबाट ठूलो परिमाणमा अवैध चाँदीसहित एकजना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले सिम्रौनगढ नगरपालिका–६, सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट गोलागन्जबाट खटिएको प्रहरी टोलीले साहलाई विशेष सुराकीको आधारमा…