काठमाडौं, कात्तिक १ । सर्वसाधारणलाई निर्माण सामग्री इँट, गिट्टी, बालुवा, चिप्स र ढुंगा ढुवानी गर्ने मिनिट्रकहरुमा पाँच इन्चसम्मको फलामे र काठको बक्स बनाइ परिमाण कम गरी ठगी गर्ने उपत्यकास्थित विभिन्न २३ ओटा डिपोका सन्चालकहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने डिपो सन्चालकहरुमा जय महालक्ष्मी सप्लायर्सका प्रकाश श्रेष्ठ, बज्र इन्टरप्राइजेज सप्लायर्सका वीरेन्द्र कुइँकेल, शिवशक्ति…