२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


गाँजासहित पक्राउ


0
Shares

हेटौंडा, कात्तिक ३ । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–१ का ३३ वर्षीय प्रकाश मोक्तान १२२ किलो गाँजासहित पक्राउ परेका छन् ।

प्रदेश–३ प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनको घरमा छापा मार्दा ६ ओटा बोरामा लुकाइराखेको अवस्थामा उक्त परिणामको गाँजा फेलापरेको हो ।

उनलाई शुक्रबार पक्राउ गरिएको थियो । आइतबार पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो ।

मोक्तानमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।