
सागर महत (इमेज)
अर्घाखाँची, कात्तिक ३ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा सुन चोरी गर्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको पश्चिम बंगाल घर भइ हाल सन्धिखर्कमा बस्दै आएका २९ वर्षीय श्रीमन्त्र मन्डललाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
चार लाख ६५ हजार रुपैयाँ बराबरका सुनका गरगहना शनिबार राति पसलबाटै चोरी गरेको प्रहरीले जनाएको छ ।
उनले सन्धिखर्क–१ हललाइनस्थित महालक्ष्मी गहना पसलबाट सुन चोरेका थिए ।
सीसीटीभीमा कैद भएको दृश्यका आधारमा उनलाई पक्राउ गरी गरगहना जफत गरिएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
उनी विगत १२ वर्षदेखि सन्धिखर्कका विभिन्न सुनचाँदी पसलमा कालिगढकारुपमा काम गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्