–सोमराज पोखरेल नोभल कोरोनाभाइरस अर्थात् कोभिड–१९ महामारीको शुरूआत चीनको वुहानबाट हुँदा नेपाल संक्रमणको उच्च जोखिममध्ये एक राष्ट्रमा पर्दथ्यो । यो तथ्यलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अझ बढी गम्भीरपूर्वक लिएर नेपाल सरकारलाई सचेत रहन र सावधानी अपनाउन आग्रह गरेको थियो । गत डिसेम्बर अन्त्यतिर वुहानमा देखिएको कोरोना नेपालमा छिरेर तहसनहस पार्न सक्ने चेतावनी डब्ल्यूएचओको थियो…