राजन कुईंकेल । प्रधानमन्त्री केपी ओलीले १५ असोज २०७७ मा मन्त्रिपरिषदको बैठक राखी केही महत्वपूर्ण निर्णयहरु गराए । प्रधानमन्त्रीय शासन पद्धति भएको मुलुकमा प्रधानमन्त्रीले मन्त्रिपरिषदबाट आफूनुकूलका निर्णयहरु गराउनु कुनै आश्चर्यको विषय होइन । उसोत, प्रधानमन्त्रीय अर्थात् ‘वेष्टमिन्ष्टर’ पद्धति अपनाउने देशमा कसलाई मन्त्री बनाउने, कसलाई नबनाउने, कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने वा कसलाई हटाउने सबै निर्णय…