नन्दप्रसादहरूकाे शव सिरानी हालेर सुतेकाे सत्तासँग साेधनी • Image Khabar Image Khabar


नन्दप्रसादहरूकाे शव सिरानी हालेर सुतेकाे सत्तासँग साेधनी


Imagekhabar
६ आश्विन २०७७, मंगलवार १४:४६

nandaprasad adhikari gangamaya

राजन कुईंकेल ।

देशमा संघीय लाेकतान्त्रिक गणतान्त्रिक राज्य व्यवस्था छ । मुलुक राजाहरूकै शासन भएकाले बन्न नसकेकाे हाे भन्ने प्रचार (‘न्यारेटिभ’) गर्नेहरूकाे हातमा सम्पूर्ण शासकीय सत्ता केन्द्रित छ । राजशाहीकै कारण भाेका निमुखाले न्याय नपाएकाे रटेर जनमत फुत्काउनेहरू राजभाेगमा छन् । शिक्षा र चेतनाका अवराेधक, स्वास्थ्य र समृद्धिका बाधक, न्याय र विवेकका विराेधी त्यही सत्ताधारी भएकाे किटानी गर्नेहरू राजदण्डका वारिस बनेका छन् ।

धेरैलाई लागेको थियाे, गरीबकाे मुखमा हाँसाे नआउनुमा, च्यातिएकाे टाेपी नफेरिनुमा, घुँडा फाटेकाे सुरूवाल र काँध-कुहिनाे देखिने चाेली भाेटाे फेर्न नसक्नुमा तिनै शासकहरू जिम्मेवार छन् । आकाशकाे तारामण्डल देखिने छानाे टाल्न नसक्नुमा सत्ताधारीकै नियत कारक छ । माथिदेखि तलसम्म फिँजारिएका शासकहरूकाे साेच र समर्थन गरीबीकाे कारक हाे । पीडितले न्याय नपाउने र पीडककाे वर्चस्व हुने भनेकाे त परम्परागत राज्य पद्धति र प्रणाली भएका व्यवस्थामा मात्रै हाे । अब ती दिन गए । लागेथ्याे, कवि गाेपालप्रसाद रिमालले भनेझै साच्चिकै त्याे एक दिन फर्कियाे ।

नन्दप्रसादहरूकाे शव सिरानी हालेर सुतेकाे सत्तासँग साेधनी
Picture: Subodh Pyakurel

२०७१ साल असाेज ६ गते राज्य नियन्त्रणमा रहेर न्यायकाे भीख माग्दामाग्दै राज्यसत्ताकाे छलकपटका बीच मृत्युवरण गरेका नन्दप्रसादकाे शव अहिले पनि त्यही त्रिवि शिक्षण अस्पतालस्थित शवगृहकाे ४ नम्बर बाकसमा छ । अर्थात् घनाेघर गणतान्त्रिक, न्याय र विवेकका त्राणदाताहरूले चलाएकाे राज्यव्यवस्था आफ्ना छाेराकाे हत्यारालाई कार्वाही माग गर्दागर्दै निर्दयी राज्यकाे निकम्मापनले हत्या ब्यहाेर्न विवश तिनै नन्दप्रसाद अधिकारीकाे शव सिरानी हालेर बराेबर बर्बराउँछ, म याे देशका जनतालाई न्याय र समृद्धि उपहारमा बक्सिस दिन्छु भनेर ।

तर जबजब असाेज ६ काे याे दिन आउँछ, त्रिवि शिक्षण अस्पतालकाे परिसरभित्र पुग्छु अनि त्यही न्यायका याचक, संसारकै सबैभन्दा दुःखी बाबु नन्दप्रसादका अनुहार झल्झल्ती अगाडि आउँछ । जसलाई त्यही परिवर्तित सत्ताले आफ्नाे नियन्त्रणमा राखेर हत्या गर्‍यो । १७ वर्षे छाेरा कृष्णप्रसादकाे हत्यारालाई कार्वाही माग गरेर सत्याग्रहमा रहेकै बेला ३३४ औं दिनमा उनले वीर अस्पतालमा प्राण त्यागेका थिए ।

वीर अस्पतालकाे चाैघेराेभित्र छिर्छु, आफ्नाे कलिलाे मुना छाेराेलाई निमाेठेर हत्या गर्ने राक्षसहरूलाई दण्ड दिएकाे हेर्न कुरिबसेकी एक न्यायकी मूर्ति आमा गंगामायालाई देख्छु । (आफ्ना हजुरबा, हजुरआमाकाे घरमा गएका १७ वर्षीय किशाेर कृष्णप्रसादलाई माओवादीले सुराकीकाे आराेपमा २०६१ साल जेठ २४ गते चितवनमा हत्या गरेकाे थियाे ।) जाे पटक पटक मृत्युको मुखमा पुगेर पनि आफ्नाे छाेरा जस्तै हजाराैं निहत्था दाजुभाइ दिदीबहिनीकाे न्यायका लागि संघर्षरत छिन् ।

२०७१ साल असाेज ६ गते राज्य नियन्त्रणमा रहेर न्यायकाे भीख माग्दामाग्दै राज्यसत्ताकाे छलकपटका बीच मृत्युवरण गरेका नन्दप्रसादकाे शव अहिले पनि त्यही त्रिवि शिक्षण अस्पतालस्थित शवगृहकाे ४ नम्बर बाकसमा छ । अर्थात् घनाेघर गणतान्त्रिक, न्याय र विवेकका त्राणदाताहरूले चलाएकाे राज्यव्यवस्था आफ्ना छाेराकाे हत्यारालाई कार्वाही माग गर्दागर्दै निर्दयी राज्यकाे निकम्मापनले हत्या ब्यहाेर्न विवश तिनै नन्दप्रसाद अधिकारीकाे शव सिरानी हालेर बराेबर बर्बराउँछ, म याे देशका जनतालाई न्याय र समृद्धि उपहारमा बक्सिस दिन्छु भनेर ।

जुन देशकाे शासनसत्ता सञ्चालनकाे शीर्षाशनमा रहनेहरूकाे देह हजाराैं निहत्था नागरिककाे हत्याबाट रक्तरञ्जित छ, हजाराैलाई वेपत्ता बनाएर आरामकाे निद्रामा लिप्त छ, लाखाैं घाइते अपाङ्गलाई मृत्युतुल्य नारकीय जीवन बिताउन बाध्य बनाएकामा किञ्चित ग्लानीबाेध छैन, बिचाैलिया, माफिया, तस्कर, दलाल, ठेकेदारकाे रक्षक बनेर अकूत मुद्रा संकलनमा तल्लिन छ, दलीय स्वार्थ र लाभहानीमा राष्ट्र र जनतामाथि जूवा खेल्न रत्तिभर हिच्किचाउँदैन अनि तिनैबाट देशका जनताले न्याय, विवेक र समृद्धि पाउनेछन् भनेर पत्याइदिनुपर्ने ??

नन्दप्रसादजस्ता हजाराैं निहत्था नागरिककाे शव सिरानीमा हालेर कुभ्भकर्ण निद्रामा लम्पट सत्ताधारी, तिमी ती भुईंमान्छेकाे सत्य बुझ्ने र न्याय पाउने अधिकारकाे सम्मान गर्दै तथ्य सार्वजनिक गर्छाैं कि गर्दैनाैं ?

निर्मला पन्त जस्ता निर्बाेध बालिका, महिला र नारीमाथि भइरहेकाे बलात्कार र हत्यामा संलग्न पिपासुहरूलाई दण्डकाे कठघरामा उभ्याउने साहस र क्षमता छ कि छैन ?

सत्ता, शक्ति र शासनकाे आडमा खुलेआम भइरहेकाे राज्यकाेषकाे ब्रह्मलूट, दादागिरी र दाेहन राेक्छाै कि राेक्दैनाैं ?

जबसम्म शासकहरू विधि, पद्धति र संविधानले प्रत्याभूत गरेका वैधानिक बाटाेबाट हिंड्दैनन् र नागरिकलाई रैती र आफू शासक ठानिरहन्छन्, पीडितलाई न्याय र पीडकलाई शूलीकाे व्यवस्था गरिन्न, त्यतिबेलासम्म जिउँदा त के मृत बनेका नन्दप्रसादका आत्माहरूले पनि व्यभिचारी शासकहरूमाथि प्रश्नकाे वर्षा गराइरहनु पर्दछ ।

नन्दप्रसादहरूकाे शव सिरानी हालेर सुतेकाे सत्तासँग साेधनी
प्रतिक्रिया दिनुहोस्