Logo २४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026


रास्वपाकाे काठमाडौं सभापतिमा शाक्य निर्वाचित


13
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित हुनुभएकाे छ ।

पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो । निर्वाचन समितिले शाक्यले २ सय ५१ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सुरेश सापकोटाले १ सय ८२ मत गर्नुभएकाे जनाएकाे छ । निर्वाचन समितिले कूल ५ सय २८ मतदातामध्ये ४ सय ३८ जनाले मतदान गरेकाे बताएकाे हाे। खसेको मतमध्ये ४ सय ३३ मत सदर र ५ मत बदर भएको थियो।

त्यस्तै, उपसभापतिमा रवीन्द्र गौतम, सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत, सदस्यमा शम्शेरबहादुर श्रेष्ठ, केदारप्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन् ।