काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
आइतबार बिहान बागमती प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेकाे हाे ।कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बादल लागेको छ । साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको हाे । मधेश प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
त्यस्तै, आइतबार दिउँसो भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेकाे हाे । मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ । साथै बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने भएकाे हाे।
कोशी, बागमती, गण्डकी, मधेश प्रदेश र बाँकी हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको समेत सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, आइतबार राति भने कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लागेकाे छ। मधेश र बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे । तराई भू-भागमा मूख्यतया सफा रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्