राजन कुईंकेल । नेपालको प्रजातान्त्रिक आन्दोलन र संसदका बारेमा लेख्न बस्यो भने आशा र भरोसाभन्दा बढी संशय र क्षमतामाथि प्रश्न लागेको बारम्बार देख्न पाइन्छ । संयोग यस्तो बनेको छ कि, जनताबाट निर्वाचित पहिलो संसदहरु कुनैले पनि पूर्ण कार्यकाल पूरा गर्न पाएनन् ।जनताबाट निर्वाचित पहिलो संसद (प्रतिनिधिसभा) २०१५ सालमा गठन भयो । उक्त संसदमा नेपाली कांग्रेसले…