हत्या अपराध हो, कुनै पनि लेपनले हत्यामा संलग्न विप्लवीले उन्मुक्ति नपाऊन् « Image Khabar


हत्या अपराध हो, कुनै पनि लेपनले हत्यामा संलग्न विप्लवीले उन्मुक्ति नपाऊन्


Imagekhabar
२६ मंसिर २०७७, शुक्रबार १४:५९

Rajan kuikel article 26th mangsir

राजन कुईंकेल ।

आफूलाई नेपाल कम्युनिष्ट पार्टी दाबी गर्ने केही जत्थाले मंसिर २३ गते २०७७ साल मंगलबार मोरङमा एक शिक्षकको बर्बरतापूर्वक हत्या गरे । हत्याको शैली हेर्दा माओवादीकालीन व्यक्तिहत्याको नृशंशता झल्किन्थ्यो । राजनीतिको आड लिएर आफ्ना विरोधीको सफाया गर्ने जुन शैली फेरि देखिन लागेको छ यो निकै गम्भीर र खेदजनक छ ।

अझ गम्भीर पाटो त यो छ कि, नेत्रविक्रम चन्द (विप्लव)को बिल्ला लगाएर मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गर्न पुग्नेहरुले खसी माग्दा नपाएपछि उनको हत्या गरेको खुलेको छ । श्रेष्ठको श्रीमतीले भनेअनुसार केही व्यक्तिले घटना हुनु अगाडी शिक्षक श्रेष्ठसँग उनको गोठमा रहेको खसी र बाख्रा मागेका थिए । उनीहरुले रोजेको अर्काको खोरको खसी नपाएपछि उनीमाथि कथित सुराकीको बिल्ला भिराएर निर्ममतापूर्वक हत्या गरिएको खुलेको छ ।

जहाँ देशको सत्ता हत्याउने लाइसेन्स नै व्यक्ति हत्याबाट आर्जन गरेको शक्ति बन्दछ । जुन देशको सत्ताको शिखरमा कुनै कालखण्डमा व्यक्ति हत्यामा अनेकन आरोप ब्यहोरेकाहरु हुन्छन् । हजारौं निर्दोष नागरिक मारेर आर्जन गरेको शक्ति तिनको सत्ताको प्राधिकार बन्छ अनि यस्ता दण्डहीनता त्यो देशमा नदोहोरिए कहाँ दोहोरिन्छ ? द्वन्द्व र संघर्षसँग कुनै साइनो नगाँसिएका व्यक्तिहरुलाई हत्या गर्दा, वेपत्ता पारिँदा, धनसम्पत्ति लूट्दा, थातथलोबाट अपदस्थ गर्दा पनि तिनले कहिँकतै उभिनु पर्दैन । जिम्मेवारी लिनुपर्दैन । सत्य स्थापित गर्ने र दोष कबोल्न पर्दैन । बन्दुक र बर्बरता लूटिखाने अस्त्रका रुपमा स्थापित हुन थाल्छ, तिनलाई दण्डको कठघरामा उभ्याइन्न बरु उन्मुक्ति दिइन्छ । हिंसालाई आड लएर आफ्नो हैकम जमाउन खोज्नेहरुले यस्तै बाटो समात्ने गरेका छन् ।

योभन्दा भद्दा मजाक के होला ? नेत्रविक्रम चन्दले भन्ने गरेको क्रान्तिका लागि । जुन देशमा अर्बौअर्ब लूट्नेहरु राजनीतिको नाममा यस्तै वैध अवैध संगठन चलाउनेहरुलाई चन्दा दिएर उनीहरुको गुड लिष्ट (असल दाताको सूची) मा पर्दै धन्दा विस्तार गरिरहेका छन् । देश बिचौलिया, भ्रष्ट, माफिया, दलाल, कामचोर कर्मचारी र ठेकेदारको चेपुवामा परेर झन् पछि झन् तन्नम हुँदै गएको छ । अनि कथित सर्वहारा वर्ग मुक्तिका लागि आन्दोलन गरेको गुड्डी हाँक्ने नृशंश जमातहरु मिक्लाजुङको अँधेरो कुनामा जीवन जिउन संघर्ष गरिरहेका राजेन्द्र जस्ता शिक्षकहरुलाई घाँटी रेटी रेटी तालिवानी शैलीमा हत्या गर्दछन् ।

हुनत, यो नेत्रविक्रमहरुले नयाँ हर्कत गरेका त होइनन् । उनकै गुरुहरु पुष्पकमल दाहाल (प्रचण्ड), बाबुराम भट्टराई (लालध्वज), मोहन वैद्य (किरण), रामबहादुर थापा (बादल) हरुसँगै सँगतीमा उनले २०५२–२०६२ को दशकमा मच्चाएकै रक्तरञ्जित बर्बरताको पुनरावृत्ति मात्रै हो । बन्दुक र द्वन्द्वसँग कुनै सरोकार नभएका हजारौं निहत्था नेपाली जनताको हत्या गरेर सिंहदरबारको सत्तामा पुगेर शक्ति र समाथ्र्यको स्वाद लिइरहेका देख्दा उनका बाँकी चेलाचपेटाले त्यही शैली अनुकरण गर्नु के नौलो भयो र ? जुन मञ्च ‘माओवादी’ बनाएर हजारौं नागरिकको हत्या गरियो, हजारौं वेपत्ता बनाइए, हजारौंहजार जनतालाई अंगभंग बनाइयो, लाखौलाख विस्थापित गराइयो आज त्यही ‘माओवादी’को बिल्ला बोक्ने कथित नेता भन्नेहरु भागम्भाग छन् । प्रचण्ड एमालेमा शरणागत हुँदा बाबुराम मधेशी दलमा आश्रय खोज्दै छन् । वैद्य समयले धकेलेको कुनामा बसेर वक्तव्य निकाल्छन्, विप्लव नेकपाको नाममा अर्को हत्याको बाटो रोज्दैछन् ।

योभन्दा भद्दा मजाक के होला ? नेत्रविक्रम चन्दले भन्ने गरेको क्रान्तिका लागि । जुन देशमा अर्बौअर्ब लूट्नेहरु राजनीतिको नाममा यस्तै वैध अवैध संगठन चलाउनेहरुलाई चन्दा दिएर उनीहरुको गुड लिष्ट (असल दाताको सूची) मा पर्दै धन्दा विस्तार गरिरहेका छन् । देश बिचौलिया, भ्रष्ट, माफिया, दलाल, कामचोर कर्मचारी र ठेकेदारको चेपुवामा परेर झन् पछि झन् तन्नम हुँदै गएको छ । अनि कथित सर्वहारा वर्ग मुक्तिका लागि आन्दोलन गरेको गुड्डी हाँक्ने नृशंश जमातहरु मिक्लाजुङको अँधेरो कुनामा जीवन जिउन संघर्ष गरिरहेका राजेन्द्र जस्ता शिक्षकहरुलाई घाँटी रेटी रेटी तालिवानी शैलीमा हत्या गर्दछन् ।

जहाँ देशको सत्ता हत्याउने लाइसेन्स नै व्यक्ति हत्याबाट आर्जन गरेको शक्ति बन्दछ । जुन देशको सत्ताको शिखरमा कुनै कालखण्डमा व्यक्ति हत्यामा अनेकन आरोप ब्यहोरेकाहरु हुन्छन् । हजारौं निर्दोष नागरिक मारेर आर्जन गरेको शक्ति तिनको सत्ताको प्राधिकार बन्छ अनि यस्ता दण्डहीनता त्यो देशमा नदोहोरिए कहाँ दोहोरिन्छ ? द्वन्द्व र संघर्षसँग कुनै साइनो नगाँसिएका व्यक्तिहरुलाई हत्या गर्दा, वेपत्ता पारिँदा, धनसम्पत्ति लूट्दा, थातथलोबाट अपदस्थ गर्दा पनि तिनले कहिँकतै उभिनु पर्दैन । जिम्मेवारी लिनुपर्दैन । सत्य स्थापित गर्ने र दोष कबोल्न पर्दैन । बन्दुक र बर्बरता लूटिखाने अस्त्रका रुपमा स्थापित हुन थाल्छ, तिनलाई दण्डको कठघरामा उभ्याइन्न बरु उन्मुक्ति दिइन्छ । हिंसालाई आड लएर आफ्नो हैकम जमाउन खोज्नेहरुले यस्तै बाटो समात्ने गरेका छन् ।

माओवादीले सत्र/सत्र हजार नागरिक मारिने हिंसाका लागि जिम्मेवार बन्नु नपर्ने, तिनले थालेको हिंसाको आगो निभाउने बहानामा कुनै साइनो नभएका नागरिकमाथि ज्यादती गर्ने सरकारी अधिकारीहरु दण्डित हुनुनपर्ने, उल्टै राज्यसत्तामा तिनैले घाँटी जोडेर साझेदारी गर्ने । यस्तो दण्डहीन राज्य सत्ता र समाज निर्माण गरेपछि अरुले सिक्छन् के ? दशक लामो माओवादी हिंसामा दोषी रहेकाहरुलाई उन्मुक्ति दिँदाको परिणाम आज यस्ता बर्बरतापूर्वक गरिएका हत्या र तिनमा संलग्न हत्याराहरु सगर्व विज्ञप्ति जारी गरेर हत्या स्वीकार्ने अवस्थामा पुगेका हुन् ।

अझ नेत्रविक्रम चन्द आफूलाई राजनीतिक कार्यकर्ता र नेकपा राजनीतिक दल भएको पुष्टि गर्न चाहन्छन् भने उनले घटनामा संलग्न दोषीलाई समातेर राज्यको न्यायिक प्रक्रियामा पठाउन् । होइन भने उनी माथि सरकारले लगाएको आतंकवादीको आरोप सत्य भएको स्वीकार्न बाँकी समाज बाध्य हुनेछ ।

विप्लव समूहले मोरङ मिक्लाजुङमा गरेको शिक्षक राजेन्द्र श्रेष्ठको हत्याले फेरि एक पटक प्रचण्ड–बाबुरामका उदण्ड जल्लादहरुले गरेका लमजुङका शिक्षक मुक्तिनाथ अधिकारी हत्याको घाउलाई आलो बनाइदिएको छ । अक्षर पठाएर समाजमा अन्धकार हटाउने शिक्षकहरु निशानामा पार्नेहरुको लक्ष्य के भन्ने प्रश्न पनि सँगै उब्जिन्छ । समाजको अन्धकार हटाउन क्रियाशील गुरुहरुमाथिको हत्या बहादुरी होइन, यो त कायरता हो, कायरता । जुन आजको संसारमा तालिवानी, आइएसआई, बोकोहराम जस्ता बदनाम संगठन र तिनका नेता कार्यकर्ताले गरिरहेका छन् ।

खसी नदिएको झोंकमा गरिएको हत्यालाई सुराकीको बिल्ला लगाएर पुष्टि गर्न खोज्नु अर्को निन्दनीय पक्ष हो । कुनै पनि बहानाको लेपनले हत्या प्रमाणित हुन सक्दैन । एउटा जीवन दिन नसक्नेलाई अर्को जीवन लिने कुनै छूट छैन । यस्तो बर्बर आतंक नियन्त्रण गर्नु सरकारको प्राथमिक कर्तव्य हो । हत्यामा संलग्नलाई दण्डको कठघरामा ल्याइनुपर्छ ।

अझ नेत्रविक्रम चन्द आफूलाई राजनीतिक कार्यकर्ता र नेकपा राजनीतिक दल भएको पुष्टि गर्न चाहन्छन् भने उनले घटनामा संलग्न दोषीलाई समातेर राज्यको न्यायिक प्रक्रियामा पठाउन् । होइन भने उनी माथि सरकारले लगाएको आतंकवादीको आरोप सत्य भएको स्वीकार्न बाँकी समाज बाध्य हुनेछ ।

नेत्रविक्रम चन्दले यो पनि नभुलून् कि रौतहटमा उनका कार्यकर्ता कुमार पौडेलमाथि राज्यले गरेको गैरन्यायिक हत्याको कानूनी लडाइँ विप्लव होइन, यही समाजका न्यायका लागि आवाज बुलन्द गर्ने मानिसहरु नै लडिरहेका छन् । सत्तालाई उक्त घटना गैरन्यायिक हो भन्ने चुनौती पेश गरिरहेका छन् । त्यसैले कुनै पनि नामका हत्या वा प्रतिहत्या स्वीकार्न यो समाज तयार छैन ।

चेतना भया !

प्रतिक्रिया दिनुहोस्