काठमाडाैं । दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले १५औं संस्करणको साफ च्याम्पियनसिपको आधिकारिक लोगो सार्वजनिक गरेको छ । प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बङ्गलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक विशेष कार्यक्रममा साफ च्याम्पियनसिपको लोगो अनावरण गरिएको हो । दक्षिण एशियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता आगामी कात्तिक १८ देखि मंसिर १ गतेसम्म बङ्गलादेशको ढाकामा आयोजना हुने भएकाे छ। साफले…