Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार तेस्रो हार

नेपालले अब साउन १० गते बंगलादेशको सामना गर्ने

13
Shares

काठमाडौं । पाकिस्तानकाे इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।

गारिसन जिन्नाह स्पोर्ट्स कम्प्लेक्समा शुक्रबार साँझ सम्पन्न भएकाे खेलमा घरेलु टोली पाकिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेकाे हाे। पाकिस्तानले खेल २५–१४, २५–१८, २५–१० ले आफ्नो पक्षमा पारेको छ । यो हारसँगै नेपालको सेमिफाइनल सम्भावना निकै कठिन बनेको हाे ।

लगातार तेस्रो जितसँगै ९ अंक जोडेको पाकिस्तान शीर्ष स्थानमा रहेकाे छ । तीनै खेल गुमाएको नेपाल दुई अंकसहित छैठाैं स्थानमा रहेकाे हाे । नेपाल यसअघि काजकिस्तान तथा श्रीलंकासाँग समान ३–२ को सेटमा पराजित भएको थियो । पाकिस्तानले श्रीलंका र बंगलादेशलाई सोझो सेटमा पराजित गरेकाे थियो ।

नेपालले अब यहि साउन १० गते आइतबार बंगलादेशको सामना गर्ने भएकाे छ ।