काठमाडौं । फ्रेन्च स्टार केलियन एम्बाप्पेले लागतार दोस्रो पटक फिफा विश्वकप फुटबलमा गोल्डेन बुट प्राप्त गरेका छन् ।
सर्वाधिक गोलकर्तालाई गोल्डेन बुट प्रदान गरिँदै आएको हाे । एम्बाप्पेले यो विश्वकपका आठ खेलमा १० गरेका थिए । त्यसैगरी, उनले चार गोलका लागि असिस्ट पनि दिएका थिए । एम्बाप्पेले अर्जेन्टाइन कप्तान लियोनल मेसीलाई दुई गोलले पछि पारेका हुन् । याेसँगै एम्माप्पे दुई गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् । उनले सन् २०२२ मा पनि यो अवार्ड जितेका थिए ।
एम्बाप्पेले सेनेगल, इराक, स्विडेन र इंग्ल्यान्डविरुद्ध दुई–दुई तथा मोरक्को र पाराग्वेविरुद्ध एक–एक गोल गरेका थिए । सन् १९८२ को विश्वकपदेखि गोल्डेन बुट प्रदान गर्न थालिएको हो । यसअघि सन् १९८२ मा इटालीका पाब्लो रोसी, १९८६ मा इंग्ल्यान्डका ग्यारी लिनेकर, १९९० मा इटालीका साल्भाटोर शिलासी र १९९४ मा रुसका ओलेग सालेन्को तथा बुल्गेरियाका ऋस्टो स्टोइचकोभले गोल्डेन बुट जितेका थिए ।
त्यसैगरी, सन् १९९८ मा क्रोएसियाका डेभोर सुकर, २०१४ मा कोलम्बियाका जेम्स रोड्रिग्वे र सन् २०१८ मा इंग्ल्यान्डका ह्यारी केन, सन् २००२ मा ब्राजिलका रोनाल्डो, सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले र २०१० मा जर्मनीकै थोमस मुलरले पनि गोल्डेन बुट आफ्नो बनाएका थिए









प्रतिक्रिया दिनुहोस्