Logo ६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026


पाकिस्तानमा आजदेखि काभा पुरूष भलिबल च्याम्पियनसिप शुरू

उद्घाटन खेलमा आज नेपालले कजाकस्तानकाे सामना गर्दै

13
Shares

काठमाडाैं । पाकिस्तानमा बुधबारदेखि काभा पुरुष भलिबल च्याम्पियनसिप शुरु हुँदैछ ।

नेपालले उद्घाटन खेलमा बुधबार बिहान १० बजेदेखि कजाकस्तानकाे सामना गर्ने भएकाे हाे। यहि साउन १३ गतेसम्म संचालन हुने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल, कजाकस्तान, उज्वेकिस्तान, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहेको सेन्ट्रल एशियन भलिबल एशाेसियशनले जनाएको छ । राउन्ड रोविन लिगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा १२ सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको हाे । टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज वर्देवा, राजेन्द्र धामी, सुरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, दिपेश कुँवर र विनोदबहादुर चन्द रहेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्ट रहेका हुन् ।