Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलामा नेदरल्याण्डसकाे नेपालमाथि शानदार जित

नेपालकाे लगातार दोस्रो हार

26
Shares

काठमाडौं । नेदरल्यान्ड्समा जारी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल घरेलु टोली नेदरल्यान्ड्ससँग पराजित भएकाे छ।

उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा बिहीबार राति सम्पन्न भएकाे खेलमा नेपाल लगातार दोस्रो पराजय बेहोरेको हाे । घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेकाे छ। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहने सम्भावना कमजोर बनेको हाे । पहिलो खेलमा नेपालले नामिबियासँग ८ विकेटको हार बेहोरेको थियो ।

नेपालले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४ दशमलव १ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । नेदरल्यान्ड्का लागि कप्तान स्कट एड्वार्डसले अविजित ६१ रनको योगदान गरेका हुन् । उनले ८२ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । त्यसैगरी, नोआ क्रसले अविजित ३४ तथा कार्डिक डे लांग र ज्याक लायन क्याचेटले २१–२१ रन बनाएका छन् ।

नेपालका लागि सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले एक–एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो ।

याे जितसँगै २९ खेलबाट ३४ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ । पराजित नेपाल ३० खेलबाट २४ अंकका साथ पाँचौँ स्थानमा रहेकाे हाे । अब नेपालले यहि साउन ११ गते सोमबार नामिबियाको सामना गर्ने भएकाे छ।