काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरूष क्रिकेट विश्वकप लिग-२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीकाे घोषणा गरेकाे छ। क्यानले शुक्रबार नेदरल्यान्ड्समा आगामी जुलाई २१ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीकाे घोषणा गरेको हो । यो शृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन् । उद्घाटन खेलमा…