काठमाडौं । फिफा विश्वकप फुटबलमा मंगलबार रातिदेखि सेमिफाइनलका खेल शुरु हुने भएकाे छ।
पहिलो सेमिफाइनल खेलमा मंगलबार मध्य राति पौने १ बजेदेखि फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुने भएकाे हाे । फिफा वरियताका शीर्ष चार देश सेमिफाइनलमा पुगेका छन् । त्यस्तै, इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेल बुधबार मध्यराति पौने १ बजे हुने भएकाे छ। क्वाटरफाइनलमा फ्रान्सले मोरक्को तथा स्पेनले बेल्जियमलाई पराजित गरेको थियो ।
त्यस्तै, इंग्ल्यान्डले नर्वे र अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । अर्जेन्टिना ३ पटकको विश्व विजेता हो । फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले १/१ पटक उपाधि जितेका छन् ।
यो विश्वकपको फाइनल खेल आगामी साउन ३ गते आइतबार राति पौने १ बजेदेखि हुने भएकाे हाे ।









प्रतिक्रिया दिनुहोस्