Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


आईसीसी विश्वकप लिग-२ क्रिकेटको त्रिकोणात्मक श्रृंखला आजदेखि नेदरल्याण्ड्समा शुरू हुँदै

पहिलो खेलमा आज नेपालले नामिबियाकाे सामना गर्दै

13
Shares

काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबारदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेल्ने भएकाे छ।

लिग-२ का लागि नेदरल्याण्डस पुगेको नेपालले श्रृंखलाको पहिलो खेलमा मंगलबार दिउँसाे पौने ३ बजेदेखि नामिबियाकाे सामना गर्ने भएकाे हाे। प्रतियोगितामा नेपालले नेदरल्यान्ड्स र नामिबियासँग दुई-दुई पटक खेल्ने भएकाे छ । नेपालको दोस्रो खेल बिहीबार घरेलु टोली नेदरल्याण्डससँग हुने भएकाे हाे । लिग-२ को जारी सिजनमा नेपालले अहिलेसम्म खेलेका २८ खेलमध्ये ११ खेल जितेको छ।नेपालले १५ खेलमा हार व्यहोरेको हाे ।

लिगमा सहभागी कूल आठ टोलीमध्ये अमेरिका ४३ अंकसहित शीर्षस्थानमा रहेकाे छ। ३८ अंकका साथ स्कटल्याण्ड दोस्रो, ३२ अंकसहित नेदरल्याण्ड्स तेस्रो र ३१ अंकसहित ओमान चौथो स्थानमा रहेका हुन् । नेपाल र क्यानाडा समान २४ अंकसहित तालिकाको पाँचौ स्थानमा छन् ।

२२ अंकसहित नामिबियाले नेपाललाई पछ्याईरहँदा यूएई भने २४ खेलमा १४ अंकका साथ तालिकाको पुछारमा हेकाे हाे ।लिगको शीर्ष ४ टोलीले विश्वकपको ग्लोबल छनाेटमा स्थान बनाउने भएकोले यो श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको छ ।