काठमाडौं । सरकारले दक्षिण पूर्वका देशबाट अनलाइन स्क्याममा ठगिएका ८ सय ३६ जना नेपालीको उद्धार गरेको छ । दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरुमा ठगिन पुगेका नेपालीहको उद्धार गरेको हो । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले असार २५ सम्म त्यहाँका…