काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आइतबार सुकुम्बासी नागरिकहरुका समस्याको दीर्घकालीन समाधानका लागि गम्भीर रहेको बताउनुभएकाे छ। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रुपमा बसोबास गर्दै आभएका सुकुम्बासी परिवारसँगको छलफलका क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । सुकुम्बासी -भूमिहीन नागरिकका समस्या समाधानमा सरकारको प्रयास केन्द्रित भइरहेको दावी समेत गर्नुभयाे। उहाँले भन्नुभयाे,-‘तपाईंहरूको समस्या हाम्रो पनि समस्या…