Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


आत्मदाहकाे प्रयास गरेका सर्लाहीका मण्डलको अवस्था चिन्ताजनक


0
Shares

काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा गत शुक्रबार आत्मदाहकाे प्रयास गरेर विवेक मण्डलको अवस्था चिन्ताजनक रहेको छ ।

चिकित्सकहरुले हेलिकाेप्टरबाट काठमाडौं ल्याइएका मण्डलको अवस्था चिन्ताजनक रहेको बताएका हुन् । उनलाई शुक्रबार साँझ साढे ७ बजे कीर्तिपुरको बर्न अस्पतालमा ल्याइएको थियो । मण्डलको आईसीयूमा राखेर उपचार भइरहेको छ । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको अस्पतालले जनाएकाे हाे।

अस्पतालले मण्डलको आइतबार शल्यक्रिया गरिंने जनाएकाे छ। २५ वर्षीय मण्डलले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । मण्डल घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगेका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो । त्यस्तै, शनिबारै काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको पनि वीर अस्पतालमा उपचारका क्रममा निधन भएको थियाे ।

प्रहरीले राउतको आफ्नो छोरासँगकाे विवादपछि उनले भान्सामा गएर आत्मदाहको प्रयास गरेकाे जनाएकाे हाे ।