Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकार चरम असफलतातर्फ उन्मुख भएकाे नेकपा सांसद पुनकाे टिप्पणी

सरकारले गरिबलाई गरेर खाने वातावरण समेत नदिएको जिकिर

13
Shares

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले वर्तमान सरकार चरम असफलतातर्फ उन्मुख भईसकेको टिप्पणी गर्नुभएको छ ।

 प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हाे । गणेश नेपाली मृत्यु प्रकरणलाई दृष्टान्तको रुपमा पेश गर्दै उहाँले यस्ताे टिप्पणी गर्नुभएको हाे। सांसद पुनले संसद भवन अगाडि प्रेम आश्चार्यको आत्मदाह सम्बन्धि घटनाको स्मरण गराउनुभयाे। आफूले उक्त घटनालाई राज्यको चरम असफलता हो भनि गरेको टिप्पणी समेत प्रधानमन्त्री बालेन्द्र शाहलाई स्मरण गराउनुभएकाे छ।

उहाँले प्रधानमन्त्री शाहलाई गरिब, दुःखी र विपन्न नागरिकले बाँच्न नपाउने हो भन्दै सरकारलाई प्रश्न समेत गर्नुभयाे। सांसद पुनले वर्तमान सरकारले गरिबलाई गरेर खाने वातावरण समेत नदिएको समेत जिकिर गर्नुभएकाे छ।