Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


गणेश नेपालीको माेटरसाइकलमा महानगर प्रहरीले ह्वील लक नगरेको गृहमन्त्री गुरुङकाे दावी


0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आत्मदाह गरेका गणेश नेपालीको माेटरसाइकलमा महानगर प्रहरीले ह्वील लक नगरेको दावी गर्नुभएकाेे छ।

प्रतिनिधिसभाकाे शुक्रबार बसेकाे बैठकमा बाेल्दै उहाँले महानगरप्रहरीले ह्वील लक नगरेकाे दावी गर्दै स्थानीय सरकार कसको छ भन्दै प्रश्न समेत गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे- “ट्राफिकले ह्वील लक लगाएको होइन । नगर प्रहरीले लगाएको छ । विपक्षी दलका साथीहरूलाई सोध्न चाहन्छु– स्थानीय सरकार कसको छ अहिले, राष्ट्रिय स्वतन्त्र पार्टीको छ ?” “प्रदेश सरकार कसको छ ? राष्ट्रिय स्वतन्त्र पार्टीको छ ? दुई तहको सरकार त तपाईंहरूसँग छ ।”

गृहमन्त्री गुरुङले पहिले बनेको कानून नै कार्यन्वयन गरेको जिकिर समेत गर्नुभयाे । उहाँले नेपालीलाई बचाउन हर प्रयास गर्दा नसकिएको समेत दावी गर्नुभएकाे छ। भारतमा पठाउनका लागि समन्वय गर्दा गणेशको ब्लड प्रेसर लो भएको समेत उहाँले सदनलाई जानकारी गराउनुभयाे ।