काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद नरबहादुर विष्टले सरकारले सुशासनको नाममा मनाेमानी ढंगले अघि बढ्न खोजिरहेको आरोप लगाउँदै त्यसको प्रतिवाद सडकबाट गरिने चेतावनी दिनुभएको छ ।
राष्ट्रियसभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो। उहाँले सरकारले सुकुम्बासी, दलित, मधेशी तथा गरिब समुदायमाथि अन्याय गरिरहेको आरोप पनि लगाउनुभयो । उहाँले बालेन्द्र शाह नेतृत्वको सरकारलाई राष्ट्रको सम्पत्ति र इतिहास जलाएर आएको राक्षसी सरकारको संज्ञा दिनुभएकाे छ।
सांसद विष्टले म नेपाल सरकारको प्रहरी हुँ, प्रधानमन्त्रीको प्रहरी होइन भन्ने अभिव्यक्ति दिएकै कारण डिएसपीलाई जिल्ला तानिएकोप्रति पनि खेद व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्