Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग नेकपाकाे माग

सरकारको घमण्ड र अराजकताका कारण गरिब नागरिक मृत्युवरण गर्न बाध्य भएकाे आरोप

0
Shares

काठमाडाैं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती बिकले गणेश नेपाली मृत्यु प्रकरणका दोषीमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले यस्ताे माग गर्नुभएकाे हाे । मृतकका परिवारलाई क्षतिपूर्तिको आवश्यक व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनुभयो । सांसद बिकले सरकारको घमण्ड र अराजकताका कारण गरिब नागरिकहरुले मर्नुपरेको जटिल अवस्थामा मुलुकमा आएको आरोप समेत लगाउनुभएकाे छ।

उहाँले सरकारले गरिव नागरिकलाई जिउँदै मर्नुपर्ने बाध्यात्मक अवस्था बनाईरहे नेपाली जनताले त्यसको प्रतिवाद गरेर अघि बढ्ने चेतावनी समेत गर्नुभयो । सांसद बिकले प्रधानमन्त्री बालेन्द्र साहले राष्ट्रघाती अभिव्यक्ति दिएकाले सीमा क्षेत्रका नागरिकले दैनिक पीडा भोग्नुपर्ने अवस्था आएको जिकिर पनि गर्नुभएकाे छ।