काठमाडाैं । रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार दिउँसोदेखि अवरुद्ध वीपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । साेही राजमार्ग शनिबारदेखि नै पूर्ण रूपमा अवरुद्ध भएकाे हाे । रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी, ठूलोढुंगा तथा माम्ती, नेपालथोक र सिन्धुलीतर्फ आँपघारी क्षेत्रमा डाइभर्सन बगाएको छ ।…