काठमाडाैं । सरकारले सुकुम्बासी बस्ती खाली गर्ने निर्णय गरेसँगै काठमाडौंको थापाथलीसहतिका सुकुम्बासी बस्तीहरु खाली हुन थालेका छन् ।
साेही स्थानमा बस्दै आएका मध्ये अधिकांश शुक्रबार दिनैभरी आफ्ना सामग्री सुरक्षित स्थानमा सार्न ब्यस्त देखिए । सुकुम्बासी बस्ती खाली गर्ने विषयमा बालेन्द्र शाह नेतृत्वको सरकार कुनैपनि हालतमा पछि नहट्ने अडानमा छ । त्यहि बुझेर मानिसहरु आफैंले खाली गरेर हिंडेका हुन् । तर केही भने अहिले पनि पर्ख र हेरको अवस्थामा देखिएका छन् ।
यसअघि पटक-पटक असफल भएको नदी किनारको अतिक्रमण खाली गर्ने अभियान यस पटक कत्तिको सहज ढंगले सम्पन्न हुन्छ भन्ने चासो सर्वत्र छ ।
स्थलगत भिडियाे रिपोर्ट :









प्रतिक्रिया दिनुहोस्