काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौंकाे नदी किनारमा बस्दै आएका सुकुम्बासी नागरिकहरुलाई सन्देश दिंदै बस्ती खाली गर्ने क्रममा बल प्रयोग नगर्ने आश्वासन समेत दिनुभएको छ ।
प्रधानमन्त्री शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत सुकुम्बासी बस्ती खाली गर्न समयसीमा दिएको अवधि घर्किंदै जाँदा सुकुम्बासीलाई हटाउन लागेको नभई अतिक्रमणकारी र सुकुम्बासी छट्टयाउन खोजेको बताउनुभएको हो । प्रधानमन्त्री शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशैभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने पनि बताउनुभएको छ । काठमाडौंका नदी किनार बाहेक अन्यत्र पनि हजारौं परिवार रहेकाे बताउदै उहाँले जो वास्तवमै पीडित भएमा काठमाडौं उपत्यका र बाहिरका सुकुम्वासीका समस्या फरक रहेको बताउनुभयाे ।
आफूले झापामा चुनाव प्रचारका क्रममा गरेको बाचा, राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्र र सरकारले सय दिनका लागि तय गरेका कामका बुँदाहरुलाई ध्यान दिंदै वर्षौं पुरानो यो समस्याको स्थायी समाधानका लागि काम शुरु गरेको उहाँले बताउनुभएको छ । विगतका वर्षायाममा डुबान परेका खोला किनारका फोटोहरु समेत पोस्ट गर्दै प्रधानमन्त्री शाहले नदी किनारको बस्तीबाट ज्यान मात्रै जोगाएर भागेको विर्सनु भयो भन्दै प्रश्न समेत गर्नुभयाे ।
अब पनि अधिकारको नाममा भोट राजनीति गरेर कुनै ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने होर भन्दै उहाँले जोखिमरहित बसोबास उनीहरुको अधिकार हो भन्नुभएको छ । थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौंका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेकाहरुलाई बल प्रयोग नगरी, मानवताको ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्ने तयारी रहेको पनि प्रधानमन्त्री शाहको दावी थियाे ।









प्रतिक्रिया दिनुहोस्