Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


देशका-७ वटै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा र हिमपात हुँदै


728
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

आइतबार बिहान कोशी प्रदेश लगायत कर्णाली प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे। लुम्बिनी प्रदेश र बाँकी हिमाली तथा पहाडी भू-भाग आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको हाे। कोशी प्रदेशको केही स्थानमा मध्यम सम्मको वर्षा र हिमपात भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, आइतबार दिउँसो भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लाग्नेछ।

कोशी, बागमती, गण्डकी, मधेश, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली-तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

त्यस्तै, आइतबार राति भने देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने छ । तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। कोशी, मधेश, बागमती, गण्डकी प्रदेश र बाँकी हिमाली भू-भागका केही स्थानहरूमा मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।