कोलम्बो, वैशाख ११ । श्रीलंकाको राजधानी कोलम्बोका तीनओटा पाँचतारे होटल र दुईओटा गिर्जाघर (चर्च)मा गत आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्याह्नसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका…