साउदीको तेल प्रसोधन केन्द्रमा आक्रमणपछि इरानले सम्बन्ध विगार्‍यो ! • Image Khabar Image Khabar


साउदीको तेल प्रसोधन केन्द्रमा आक्रमणपछि इरानले सम्बन्ध विगार्‍यो !


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार ०९:४६

साउदीको तेल प्रसोधन केन्द्रमा आक्रमणपछि इरानले सम्बन्ध विगार्‍यो !

काठमाडौं । साउदीको तेल प्रसोधन केन्द्रमा आक्रमण भएसँगै इरानले छिमेकीहरुसँगको सम्बन्ध बिगार्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

आक्रमणसँगै इरानका कारण क्षेत्रिय अस्थिरता बढ्दै गइरहेको भन्दै नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) का प्रमुख जेन्स स्टोल्टनवर्गले चिन्ता व्यक्त गरेका हुन् ।

गत साता तेल प्रसोधन केन्द्रमा भएको हमला लगत्तै घटनाको हुथी व्रिदोहीले जिम्मा लिएको थियो । तर अमेरिकाले आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएको छ ।

अमेरिकी आरोपकोमा सत्यता नभएको इरानका राष्ट्रपति हसन रुहानीले बताइसक्नु भएको छ ।

राष्ट्रपति रुहानीले साउदीको तेल प्रसोधन केन्द्रमा यमनका विद्रोहीले आत्मरक्षाका लागि आक्रमण गरेको बताउनुभएको बिबिसीले उल्लेख गरेको छ ।

शनिबारको आक्रमणसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य वृद्धि भएको छ ।

आक्रमणले क्षतिग्रस्त भएको प्रशोधन केन्द्र सञ्चालनमा आउन अझै केही समय लाग्ने साउदी अधिकारीहरुले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्