भारतमा मानवरहित लडाकु विमान दुर्घटनाग्रस्त • Image Khabar Image Khabar


भारतमा मानवरहित लडाकु विमान दुर्घटनाग्रस्त


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार ११:०५

भारतमा मानवरहित लडाकु विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारतीय रक्षा अनुसन्धान एवम् विकास संगठन डिआरडिओको एउटा मानवरहित लडाकू विमान दुर्घटनाग्रस्त भएको छ ।

‘अनम्यान्ड एरियल भेहिकल’ नामको उक्त विमान आज बिहान परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको हो ।

कर्नाटकको चित्रदुर्ग जिल्लामा बिहान ६ बजे विमान दुर्घटनाग्रस्त भएको गृह मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विमानको च्यालकेरे एरोना टिकल टेस्ट रेन्जमा आउटडोर परीक्षण गरिएको थियो ।

डिआरडिओले मानवरहित विमानको निर्माण गर्छ ।  दुर्घटनाका विषय थप अनुसन्धान भइरहेको डिआरडिओले जनाएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्