साउदीमा तेल उत्पादन कटौैती : अमेरिकामा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग • Image Khabar Image Khabar


साउदीमा तेल उत्पादन कटौैती : अमेरिकामा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग


Imagekhabar
१ आश्विन २०७६, बुधबार ०७:०६

साउदीमा तेल उत्पादन कटौैती : अमेरिकामा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग

काठमाडौं । साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएको हमलापछि अमेरिकी अधिकारीहरुले आफ्नो देशमा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग गरेका छन् ।

साउदीले नियमित तेल उत्पादनमा कटौती गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि तत्कालको आपूर्तिलाई सहज बनाउन आफ्नो देशमा आपतकालीन अवस्थाका लागि सञ्चित गरिएको तेल प्रयोगमा ल्याउनुपर्ने अधिकारीहरुले माग गरेका छन् ।

तेलको मूल्य बढेसँगै आपूर्ति सहज बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै निर्देशन दिइसकेका छन् ।

अमेरिकामा हाल ६४ करोड ब्यारेल तेल गुफाहरुमा भण्डारण गरेर राखेको बताइएको छ ।

अन्तर्राष्ट्रिय उर्जा केन्द्रका सदस्य राष्ट्रहरुले तीन महिनाका लागि आपूर्ति गर्न सक्ने गरी तेलको भण्डारण गर्न सक्ने कानूनी व्यवस्था छ । तर अमेरिकाको उक्त भण्डारण त्यो भन्दा बढी क्षमताको रहेको बताइएको छ ।

अमेरिकी तेल भण्डाुर विश्वको सबैभन्दा ठूलो आपतकालीन इन्धन भण्डार रहेको बताइएको छ । सन् १९७० को दशकबाट अमेरिकाले आपतकालीन अवस्थाका लागि भन्दै तेल भण्डार शुरु गरेको हो ।

मध्यपूर्वका देशहरुले तेल आपूर्ति बन्द गरेपछि विश्वभर मूल्य आकाशिएको अवस्थामा अमेरिकाले तेल भण्डारण गर्न थालेको हो ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्