काठमाडौं । लेबनानमा शान्ति सैनिकमाथि इजरायलबाट हालै भएको आक्रमणको नेपालले कडा शब्दमा निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको लेबनानस्थित मिसन (यूनिफिल) मा खटिएका शान्ति सैनिकमाथि भएको आक्रमणकोपरराष्ट्र मन्त्रालयले निन्दा गर्दै घटनाको छानबिन गर्न आग्रह समेत गरेको छ । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत भनेको छ, ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएको आक्रमणको कडा शब्दामा निन्दा…