७ माघ २०८१, सोमबार | Mon Jan 20 2025


दक्षिण भारतमा भागदौडमा ६ जनाको मृत्यु, २५ भन्दा बढी घाइते


871
Shares

एजेन्सी । भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको धार्मिक शहर तिरुपतिमा भागदौड हुँदा चार महिलासहित कम्तीमा छ जनाको मृत्यु भएको छ । साथै २५ भन्दा बढी गम्भीर घाइते र लगभग ७० जना सामान्य घाइते भएका छन् ।

शुक्रबार बैकुण्ठ एकादशीको शुभ अवसरमा प्रसिद्ध तिरुपाला मन्दिरमा प्रार्थना गर्न टोकन सङ्कलन गर्न लगभग ४ हजार मानिसहरू भेला हुँदा यो घटना भएको बताइएको छ ।

घटनाका गम्भीर घाइतेहरूलाई तत्काल उपचारका लागि स्थानीय सरकारी अस्पताल लगिएको थियो ।