१ माघ २०८१, मंगलबार | Wed Jan 15 2025


ट्रम्प विरुद्धको मुद्दामा आज सुनवाइ


0
Shares

एजेन्सी । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको एक मुद्दामा आज निर्णय सुनाउँदै छ । ट्रम्पको पूर्व पोर्नस्टारसँगको प्रकरणका विषयमा आज अदालतले निर्णय सुनाउने भएको हो ।

अमेरिकी पोर्नस्टारले ट्रम्प र उनीबीचको सम्बन्ध सार्वजनिक नर्गन मोटो रकम दिएको खुलासा गरेपछि ट्रम्पविरुद्ध मुद्दा दायर भएको हो ।

ट्रम्पले त्यसलाई रोक्न गरेको अपिल स्वीकार्ने कि नस्वीकार्ने भन्ने विषयमा बहस हुँदा अदालतका न्यायाधीशहरुले बहुमतको आधारमा नस्वीकार्ने निर्णय गरेका हुन् । जसमा ५ जना न्यायाधीशले सजाय सुनाउनुपर्ने र ४ जनाले सजाय सुनाउन नहुने पक्षमा मत व्यक्त गरेका थिए ।

अब अदालतले ट्रम्पलाई जेलमा पठाउने वा जेल बाहिर राखेर चालचलन सुधार्न मौका दिने वा जरिवाना तोक्ने वा निःशर्त छोड्नेबारे अदालतबाट निर्णय हुने बताइएको छ ।

यदि अदालतले सजाय सुनाएमा कानुनी रुपमा दोषी व्यक्तिको रुपमा ट्रम्प ह्वाइटहाउस प्रवेश गर्नेछन् । यद्यपि ट्रम्पलाईलाई अदालतको फैसलामा पुनरावेदन गर्ने विकल्प भने बाँकी रहने बताइएको छ । ट्रम्पले भने न्यूयोर्क अदालतको यो तयारीलाई अवैध राजनीतिक हमला भनेर आलोचना गर्नुुभएको छ ।