५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


कोलकातामा हुने टी–२० मा भारतीय टोलीको घोषणा


0
Shares

काठमाडौं । कोलकातामा हुने टी–२० खेलका लागि भारतीय टोलीको घोषणा गरिएको छ । यही जनवरी २२ देखि कोलकातामा शुरु हुने इंग्ल्यान्ड विरुद्धको टी–२० खेलका लागि भारतीय टोली घोषणा गरिएको हो ।

जसमा नोभेम्बर २०२३ मा एकदिवसीय विश्वकप फाइनलमा खेल्दा घाइते भएका तीव्र गतिका बलर मोहम्मद शामीले भारतीय टोलीमा पुनरागमन गरेका छन् भने जसप्रित बुमराहलाई टोलीमा समावेश गरिएको छैन ।

भारतले फेब्रअरीमा इंग्ल्यान्डविरूद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । अष्ट्रेलियामा टेस्ट सिरिज खेलेपछि ऋषव पन्त, यशस्वी जैशवाल र शुभमन गिललाई आराम दिइएको छ । सिरिजका लागि सन्जु सामसन र ध्रुव जुरेल दुई विकेटकिपर हुन्् ।