५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


मध्य यमनमा ग्यास स्टेशनमा विस्फोट हुँदा १० जनाको मृत्यु


0
Shares

एजेन्सी । यमनको मध्य प्रान्त अल–बैदामा रहेको एक ग्यास स्टेशनमा शनिवार भएको विस्फोटमा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

विस्फोटमा ६५ जनाभन्दा बढी घाइते भएको स्थानीय सरकारी अधिकारीहरुले बताएका छन् । विस्फोट हुँदा स्टेशन ग्राहकहरूले भरिएको थियो । विष्फोटबारे अझै तथ्य पत्ता लाग्न सकेको छैन ।