५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


डढेलोको चपेटामा परेको लस एन्जलस क्षेत्रमा लुटपाट, कर्फ्यु आदेश जारी


3.133k
Shares

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्र डढेलोको चपेटामा परेकै बेला लुटपाट मच्चिएको छ । डढेलोका कारण घरहरु खाली गरिएपछि लुटेराहरुको समुह प्रवेश गरी व्यापक लुटपाट मच्चाएकाले डढेलो प्रभावित क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ ।

स्थानीय समय अनुसार बिहान ६ बजेदेखि साँझ ४ बजेसम्म कफ्र्यु आदेश जारी गरिएको हो । डढेलो बस्तीसम्म प्रवेश गरेपछि हजारौं स्थानीयले घर छा्ड्न थालेकाले लुटपाट मच्चिएको हो ।

लस एन्जलस प्रहरी प्रमुख माइक लोरेन्टका अनुसार डढेलो प्रभावित क्षेत्रमा लुटपाटले ठूलो समस्या निम्तिएको जनाउँदै लुटपाटमा सलग्न दर्जनौलाई पक्राउ गरिएको छ । लुटपाट रोक्नका लागि चार सयजना प्रहरी खटाइएको छ ।

डढेलोमा हालसम १६ जनाको मृत्यु भइसकेको छ । यस्तै ११ जना बेपत्ता भएका छन् भने लाखौँ मान्छे घरबारविहीन भएका छन् ।

यसैबीच क्यानाडाले लस एन्जलसको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि सयौं अग्नी नियन्त्रक र हेलिकप्टर पठाएको छ यद्दपी अझै पनि डढेलो नियन्त्रणमा आएको छैन ।