भारतीय इतिहासमै सबैभन्दा लामो समय शासन गरेका सिक्किमका मूख्यमन्त्री पवन चाम्लिङको सत्ता पल्टिएको छ । कुनै बेला उनकै मन्त्रिपरिषदमा रहेका सिक्किम क्रान्तिकारी मोर्चाका प्रेमसिंह तामाङ गोलेले चाम्लिङको सत्ता उल्टाएका हुन् । सिक्किम विधान सभाको ३२ सिटमा गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट पाएको छ । योसँगै ६ वर्षअघि सन् २०१३ मा गठित गोलेको पार्टीले…