२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


बेलायतमा ३९ जनाको हत्या आरोपमा लरी चालकमाथि अभियोग दर्ता


0
Shares

काठमाडौं । बेलायतको एसेक्स शहरमा एउटा लरी कन्टेनरमा ३९ जना मृत भेटिएको घटनामा प्रहरीले सोही लरी चालकमाथि हत्या अभियोग दर्ता गरेको छ ।

लरी चालक उत्तरी आयरल्याण्डका २५ वर्षीय मोरिस रोबिन्सन विरुद्ध हत्या आरोपमा मुद्दा दायर गरिएको हो ।

उनलाई लरी भेटिएको ग्रेस्को औद्यौगिक क्षेत्रबाट शव फेला परेको केही समयपछि पक्राउ गरिएको थियो ।

हत्या आरोपित रोबिन्सनलाई भोलि अदालतमा पेश गर्ने तयारी गरिएको छ ।

उनीमाथि ३९ जनाको हत्या गरेको, ट्राफिकका लागि षडयन्त्र, गैरकानूनी आप्रवासनमा सहयोग गरेको आरोप लगाइएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा थप तीन जनालाई पक्राउ गरिएको जनाएको छ ।

बेलायती अधिकारीहरुले मृतक चिनियाँ मूलका नागरिकको शनाखत गर्न सकेका छैनन । (एजेन्सी)