जापानमा १८ लाख डलरको हीरा चोरी, प्रदर्शनीस्थलमा खैलाबैला • Image Khabar Image Khabar


जापानमा १८ लाख डलरको हीरा चोरी, प्रदर्शनीस्थलमा खैलाबैला


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार १७:२२

जापानमा १८ लाख डलरको हीरा चोरी, प्रदर्शनीस्थलमा खैलाबैला

टोकियो, कात्तिक ८ । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तीव्र बनाएको छ ।

यो हीरा राजधानी टोकियोबाहिर आयोजित गरगहना व्यापार प्रदर्शनीकाक्रममा हराएको थियो ।

टोकियोका प्रहरी प्रवक्ताले प्रदर्शनस्थलबाट चोरी भएको बहुमूल्य हीरा खोज्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

योकोहामा सहरमा तीनदिने गरगहना प्रदर्शनीकाक्रममा हीरा चोरिएको हो । यो हीरा करिब ५० क्यारेटको थियो ।

यहाँ जापान, रुस, चीन र अरु मुलुकका बहुमूल्य गरगहना प्रदर्शनमा राखिएका थिए ।

जापानको सरकारी टेलिभिजन ‘एनएचके’काअनुसार जापानी कम्पनीको यो हीरा चोरिएपछि प्रदर्शनीस्थलमा खैलाबैला भएको थियो । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्