कश्मीरको शोपियामा दुई जना ट्रक चालकको हत्या • Image Khabar Image Khabar


कश्मीरको शोपियामा दुई जना ट्रक चालकको हत्या


Imagekhabar
८ कार्तिक २०७६, शुक्रबार ०८:३२

कश्मीरको शोपियामा दुई जना ट्रक चालकको हत्या

काठमाडौं । भारत प्रशासित कश्मीरको शोपिया जिल्लामा आतंकवादीहरुले दुई जना ट्रक चालकको हत्या गरेका छन् ।

पछिल्लो दुई हप्तामा ट्रक चालकमाथि यो तेस्रो हमला हो ।

प्रहरीका अनुसार राजस्थान, पञ्जाब र हरियाणाबाट आएका तीनवटा ट्रक शोपिया जिल्लाको चित्रा गाउँमा ढुवानीका लागि गइरहेका थिए ।

त्यसक्रममा उनीहरुमाथि गोली प्रहार हुँदा दुई चालकको मृत्यु भएको हो भने एक जना घाईते भएका हुन् ।

मृतक एक जना राजस्थानमा मोहोमद इलियास हुन भने अर्को एक जनाको शनाखत हुन सकेको छैन ।

अहिलेसम्म यो हमलाको जिम्मेबारी कसैले लिएको छैन । प्रहरीले आतंकवादी संगठन हिजबुल मुजाहिद्दिनले घटना गराएको आशंका गरेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्