ओटावा, फागुन २० । ‘कोरोनाभाइरस’ महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रीहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन् । चीन कोरोनाभाइरसको संक्रमणको प्रमुख केन्द्रका रूपमा देखापरेको छ । यस कोरोनाभाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि…