
ओटावा, फागुन २० । ‘कोरोनाभाइरस’ महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रीहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ ।
स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन् ।
चीन कोरोनाभाइरसको संक्रमणको प्रमुख केन्द्रका रूपमा देखापरेको छ ।
यस कोरोनाभाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
यस कोरोनाभाइरसबाट इरानमा एक हजार ५०० भन्दा बढी संक्रमित भएका पनि पुष्टि भएको छ ।
क्यानाडाका धेरैजसो घटनाहरू इरानको प्रकोपसँग जोडिएको क्यानाडाका प्रमुख चिकित्सा अधिकारी थेरेसा टमले पत्रकारलाई बताएकी छन् ।
क्यानाडामा सोमबार साँझसम्म २७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको पनि ती अधिकारीहरुले जानकारी दिएका थिए । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्